बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

सोमबार, १२ फागुन २०७६, १२ : २७
सोमबार, १२ फागुन २०७६

काठमाडौं । सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई  प्रहरीले राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।  

पक्राउ पर्नेहरुमा बाजुरा घर भई हाल काठमाडौं कीर्तिपुर बस्नेहरु २८ वर्षीय रमेश बहादुर कटुवाल, २८ वर्षीय प्रकाश कटुवाल तथा २६ वर्षीय जनक कटुवाल र ललितपुर लगनखेल बस्ने ४० वर्षीय शिरबाबु महर्जन रहेका छन् । 
रमेश, प्रकाश र जनकलाई सरकारी कागजपत्रहरु किर्ते गरेको बिषयमा नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा उनीहरुले प्रयोग गरेको नक्कली कागजपत्र बनाउने छापाखाना सम्बन्धी कुराहरु खुल्न आए पश्चात ललितपुर महानगरपालिका-१९ लगनखेलस्थित एलपी छापाखानाबाट नक्कली छापहरु बनाउन प्रयोग हुने कम्प्यूटर, पेनड्राईभ, डेन्डिल र प्रिन्ट स्ट्याम्प सहित शिरबाबुलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

उनीहरु उपर सरकारी छाप किर्ते मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप