मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सोमबार, १२ फागुन २०७६, ११ : १५
सोमबार, १२ फागुन २०७६

भक्तपुर : भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई निशान ट्रकले ठक्करबाट गम्भीर घाइते भएका बि.एण्ड बि अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणी जाँदै गरेको बा ३ क ३५८८ नम्बरको ट्रकले पैदल यात्री मकाजुलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका मकाजुलाई प्रहरीको सहयोगमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर लगिएको र त्यहाँबाट थप उपचारको लागि बि.एण्ड.बि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति ११ः३० मा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले दुर्घटना गराउने सवारी साधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भएका २६ वर्षीय शुरेश मगरलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप