मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आलोचना बढेपछि ओली–प्रचण्ड भेटवार्ता

सोमबार, १२ फागुन २०७६, १० : ३९
सोमबार, १२ फागुन २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री तथा अध्यक्षबीच समसामयीक विषयमा छलफल भइरहेको जानकारी दिए ।

संविधान संशोधन, एमसीसी, गोकुल बाँस्कोटा प्रकरण र प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक प्रकरणमा सरकार र नेकपाको चर्को आलोचना भइरहेको छ ।

निर्वतमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण सार्वजनिक भएपछि बाँस्कोटा र प्रधानमन्त्री ओलीविरुद्ध समेत अख्तियारमा उजुरी दर्ता भएको छ । सम्भवतः बहालवाला प्रधानमन्त्री विरुद्ध अख्तियारमा उजुरी परेको पहिलो पटक हो ।

शनिबार बसको सचिवालय बैठकले संविधान संशोधनका लागि कार्यदल गठन गरेको समाचार सार्वजनिक भएपछि नेकपाभित्रै त्यसको चर्को विरोध भइरहेको छ । राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने र राष्ट्रियसभा सदस्य संख्या समेत बढाउने गरी संविधान संशोधन गर्न नेकपाले अध्ययन कार्यदल गठन गरेको विषयमा नेकपा आलोचित बनेको छ ।

यहीबेला प्रधानमन्त्री केपी ओलीले आफ्नो जन्मोत्सव मनाउने क्रममा नेपालको नक्सा आकारको केक काटेपछि उनीप्रतिको राष्ट्रियता प्रस्ट भएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप