मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एउटा सानो देशकी मोडल मेलानिया, कसरी बनिन् सुपरपावर अमेरिकाकी फर्स्ट लेडी

सोमबार, १२ फागुन २०७६, ०९ : ५०
सोमबार, १२ फागुन २०७६

एउटा सानो देशकी मोडल सुपरपावर अमेरिकाको फर्स्ट लेडी बन्नेसम्मको मेलानियाको यात्रा निकै रोचकपूर्ण छ । मानिसहरु डोनल्ड ट्रम्पबारे धेरै कुरा सुन्छन् तर मेलानियाबारे निकै कमलाई जानकारी छ ।

 मेलानिया डोनल्ड ट्रम्पकी तेस्रो श्रीमती हुन् । मेलानियको तस्बिर सोसल मिडियामा चर्चाको विषय बन्ने गर्छ । मेलानियाको जन्म सन् १९७० मा स्लोवेनियामा भएको थियो । मेलानिया स्लोवेनियाली मोडल हुन् । उनले १६ वर्षको उमेरमा मोडलिङको सुरुवात गरेकी थिइन् ।

कसरी भयो ट्रम्पसँग भेट ?

मेलानियाले सन् १९९८ मा डोनल्ड ट्रम्पलाई न्यूयोर्कको एक फेशन वीक पार्टीका क्रममा भेटेकी थिइन् । ट्रम्प त्यतिबेला राजनीतिमा थिएनन् र रियल स्टेट मुगलको रुपमा परिचित थिए । फेसन विकका क्रममा टाइम्स स्क्वायरको किट क्याट क्लबमा पार्टी पनि थियो । त्यहाँ ट्रम्पको नजर मेलानियामा ठोक्कियो ।

डोनल्ड ट्रम्पले मेलानियालाई भेट्दा उनले दुईवटा विवाह गरिसकेका थिए र दोस्री श्रीमती मारला मेपलसँग उनको सम्बन्धविच्छेद हुने स्थितीमा पुगिसकेको थियो । त्यतिबेला ट्रम्प ५२ वर्षका थिए र मेलानिया २८ वर्षकी ।

त्यहिँबाट दुईबीच फोन नम्बर आदान–प्रदान भयो । जानकारीका अनुसार उक्त भेटको एक हप्तापछि नै दुबैको पहिलो डेट भएको थियो । त्यसपछि उनीहरुको भेटघाट चर्चाको विषय बन्न थाल्यो ।

पाँच वर्ष सँगै बसेपछि गरे विवाहः

ट्रम्प र मेलानियाले पाँच वर्षको सम्बन्धपछि विवाह गरेका थिए । यी दुईले सन् २००४ मा इन्गेजमेन्ट गरे भने सन् २००५ मा विवाह गरे । इन्गेजमेन्टका बेला ट्रम्पले उनको सफलतामा मेलानियाको पनि हात भएको बताएका थिए । रिपोर्टका अनुसार ट्रम्पले मेलानियालाई १.५ मिलियन डलरको हिराको औंठी लगाइदिएर विवाहको प्रस्ताव राखेका थिए ।

विवाहमा समावेश भएका थिए बिल गेट्स र हिलेरी क्लिन्टनः

सन् २००५ मा मेलानिया र ट्रम्पको विवाह भयो । यो विवाह पाम बीचमा भएको हो । उनीहरुको विवाहमा ठूल्ठूला हस्तीहरु पनि समावेश भएका थिए । बिल गेट्स र हिलेरी क्लिन्टनको पनि यसमा उपस्थिती थियो । सन् २००६ मा मेलानिया अमेरिकी नागरिक बनिन् र उनले छोरालाई जन्म दिइन्  ।

अमेरिका गएको पाँच वर्षपछि मेलानियाले सन् २००१ मा ग्रीन कार्ड पाएकी थिइन् र उनले विवाहको एक वर्षपछि सन् २००६ मा अमेरिकी नागरिकता पाएकी थिइन् ।

न्यूयोर्क पोष्टले उनका केही तस्बिर छापेपछि उनी चर्चित भएकी थिइन् ।

मेलानियाको ट्रम्पसँग विवाह हुँदा इभांका र डोनल्ड जुनियर निकै साना थिए । एक अन्तरवार्तामा मेलानियाले आफूलाई इभांकाकी आमा नभई एक साथीको रुपमा देख्ने बताएकी थिइन् । मेलानिया र डोनल्ड ट्रम्पका छोराको नाम ब्यारन ट्रम्प हो ।

सन् २०१६ मा बनिन् फर्स्ट लेडीः

सन् २०१६ मा ट्रम्प अमेरिकाका ४५ औं राष्ट्रपति बने र मेलानिया अमेरिकाकी प्रथम महिला बनिन् । ट्रम्पले सत्ता सम्हालेपछि अहिलेसम्म २३ देशको भमण गरेका छन् ।

मेलानिया ट्रम्प संसारभरी आफ्नो सुन्दरताका कारण छाउने गर्छिन् । उनलाई गुगलमा पनि अत्यधिक सर्च गरिन्छ ।

स्मरण रहोस्, डोनल्ड ट्रम्पले सबैभन्दा पहिले इवानासँग विवाह गरेकी थिए र यी दुईका तीन सन्तान छन् । इभानासँग सम्बन्धविच्छेद भएपछि ट्रम्पले मारला म्यापल्ससँग विवाह गरे जसकी एक छोरी टिफनी ट्रम्प छिन् । पछि ट्रम्पले उनीसँग पनि सम्बन्धविच्छेद गरे र मेलानियासँग विवाह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप