मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

एथ्लेटिको म्याड्रिड तेस्रो स्थानमा

सोमबार, १२ फागुन २०७६, ०९ : २९
सोमबार, १२ फागुन २०७६

एथ्लेटिको म्याड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिडले भिल्लारियललाई ३–१ गोलले हरायो ।

घरेलु मैदानमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेरा, कोकी र जोओ फेलिक्सले गोल गरे । भिल्लारियलका पाको अल्कासेरले सान्त्वना गोल फर्काएका थिए । खेलमा सुरुवाती अग्रता भिल्लालियलले लिएको थियो । १६औं मिनेटमा पाको अल्कासेरले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ४०औं मिनेटमा एन्जल कोरेराले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ६४औँ मिनेटमा कप्तान कोकीले गोल गर्दै एथ्लेटिकोलाई अगाडी बढाए । ७४औँ मिनेटमा जोओ फेलिक्सले कोकेको पासमा गोल गर्दै एथ्लटिकोको जित पक्का बानाएका थिए । जितसँगै एथ्लेटिकोले २५ खेलबाट ४३ अंक बनाएको छ ।

समान अंक बनाएको सेभिया गोल अन्तरका आधारमा चौथो स्थानमा छ । ३८ अंक बनाएको भिल्लारियल सातौं स्थानमा छ । आइतबार रातिनै भएको अर्को खेलमा सेभिल्लाले गेटाफेलाई ३–० गोलले हराएको थियो । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ५५ अंक छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको ५३ अंक छ । अन्य खेलमा ग्रानाडाले ओसासुनालाई ३–०, डिर्पोटिभो अलाभेसले एथ्लेटिको बिल्वाओलाई २–१ र रियल भालाडोलिडले स्पान्योललाई २–१ गोलले हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप