प्रयोगकर्ताको रोजाइमा कम मूल्यका गाडी
सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन् । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अवस्थाले यस्तो देखाएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू वर्षको साउनदेखि माघ महीनासम्ममा संख्यात्मक रूपमा गाडी र मोटरसाइकलको आयात बढे पनि त्यसको आयातबापत बाहिरिने रकम भने घटेको छ ।
सरकारले पछिल्लो समय विलासी वस्तुको आयात नियन्त्रणको नीति लिएको छ । नेपाल राष्ट्र बैंकले गतवर्ष गाडीमा मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो । त्यस्तै, केन्द्रीय बैंकले नै गत पुसमा कर तिरेको आयको ५० प्रतिशतभन्दा बढी किस्ता हुने रकम नदिन अर्को निर्देशन जारी ग¥यो ।
यो निर्देशनले महँगा गाडीको मागमा कमी आउन थालेकोे अटोमोबाइल व्यवसायीहरू बताउँछन् । मागमा कमी आउँदा त्यसको प्रभाव आयातमा देखिएको उनीहरूको दाबी छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा