बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२१ वर्षअघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ

आइतबार, ११ फागुन २०७६, २२ : १२
आइतबार, ११ फागुन २०७६

काठमाडौं । प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले  प्रहरीले २१ वर्ष अघि सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी घनश्याम श्रेष्ठले चन्द्रागिरि नगरपालिका वडा नं २ बाँडभन्ज्याङ बस्ने गोविन्द लामालाई पक्राउ गरेको  पुष्टि गरे ।

थानकोट बृत्तका प्रमुख श्रेष्ठका अनुसार निज लामा सवारी ज्यान मुद्दामा फरार प्रतिवादी हुन र लामालाई जिल्ला अदालत काठमाण्डौबाट मिति २०५५ मंसिर २० गते ४ महिना २८ दिन कैद सजाय र दुई हजार  जरिवाना तोकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप