शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पानीको सतह थाहा पाउन मोबाइल ‘एप्स’

आइतबार, ११ फागुन २०७६, २१ : १४
आइतबार, ११ फागुन २०७६

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल ‘एप्स’ शुरु गरेको छ । 

पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि सो ‘एप्स’ शुरु गरिएको हो । केयूकेएलले सो एप्सको शुरुआत महाराजगञ्ज शाखाबाट गरिएको जनाएको छ ।

सो एप्सबाट जुनसुकै स्थानमा बसेरसमेत पानीको परिमाण जान्न सकिने कार्यकारी निर्देशक मिलन शाक्यले बताए । 

उनका अनुसार कति पानीको परिमाण छ भन्ने जानकारी भएपछि त्यसैका आधारमा वितरण गर्न सकिनेछ । मेलम्चीको पानी काठमाडौँ आएपछि सो ‘एप्स’ अझै प्रभावकारी हुनसक्ने उहाँले बताउनुभयो । उनले भने, “मेलम्चीको पानी आए पनि खानेपानीको व्यवस्थापन कठिन हुने हुँदा यसले सघाउन सक्छ ।”

खानेपानीको वितरणलाई व्यवस्थित बनाउन केयूकेएलले प्रविधिको प्रयोग बढाउँदै गएको छ । लिमिटेडले यसको वार्षिकोत्सवमा यो एप्स शुरु गर्दा यससँगै सेवाग्राहीको गुनासो सङ्कलन गर्ने एप्स पनि शुरु गरेको छ । विभिन्न स्थानका पाइपमा रहेका चुहावटसमेत समयमै जानकारी लिनका लागि प्रविधिको प्रयोग गर्ने लिमिटेडले जनाएको छ । 

सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी आगामी असारसम्ममा काठमाडौँ उपत्यका ल्याउने तयारी गरिरहँदा लिमिटेडले भने त्यसको व्यवस्थापनका लागि आवश्यक तयारीका काम अघि बढाएको छ ।

 मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, लिमिटेडका प्रतिनिधि रहेको समितिले कुन ठाउँमा कति पानी आवश्यक छ र कसरी त्यसलाई वितरण गर्ने भनी आवश्यक तयारीका काम अघि बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप