शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृति बनिन् मिस ब्युटि अफ चितवन

आइतबार, ११ फागुन २०७६, २० : १८
आइतबार, ११ फागुन २०७६

काठमाडौं । ‘मिस ब्युटि अफ चितवन २०२०’को ताज कृति चौधरीले जितेकी छन् । ट्प वन मिडिया प्रा.लिको आयोजना रहेको प्रतियोगितामा नविना कडेल फस्ट रनरअप र रस्मिता अधिकारी सेकेन्ड रनरअप भए । 

अभिनेत्री अनिता केसी, सोनी बिसी, निर्माता बसन्त शर्मा, रंगकर्मी रफि शाह निर्णायक रहेको प्रतियोगितामा आधादर्जन बढी उपविजेता समेत छानिएको थियो । 

जसमा अर्गनाईजर च्वाईस, मिस कन्फिडेन्स, बेस्टवाक प्रतिक्षा अधिकारी, मिस पपुलर र वेस्टफिगर कृति चौधरी, वेष्टआईज खुशी सुनुवार, मोस्टफोटोजेनिक कमला खत्री, भ्युर्वस च्वाईस नविना कडेल, मस्टट्यालेन्टेड सुस्मिता काफ्ले, मिस डिसिपिल्न सिता सापकाटा घोषित भए ।

 

चितवनका युवतीहरुको प्रतिभा निखार्ने उदेश्यले  प्रतियोगिता आयोजना भएको आयोज ट्प वन मिडियाका प्रबन्ध निर्देशक रब्स सापकोटाले बताए ।
शिर्ष विजेताले थाईल्याण्ड टुरको प्याकेज, विभिन्न आर्कषक पुरस्कारका साथै चलचित्र म्युजिक भिडियो अभिनय अवसर प्राप्त गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप