महासचिव शाहीको पहलमा कालिकोटलाई एम्बुलेन्स
काठमाडौं । नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीको पहलमा कालिकोटमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
शाहीको विशेष पहल र बिराटनगर नोवेल मेडिकल कलेजका डा. शुनिल शर्माको अगुवाइमा कालिकोटमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजले पृथ्वी फाउण्डेशन कालिकोट एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
कालिकोटको पँञ्चदेवल माविमा एसएलसी दिएका डा.शर्माले कालिकोटको भौगोलिक स्थिती, गरीबीलाई मध्येनजर गर्दै एम्वुलेन्स वितरण गरेको उनले बताए । एम्बुलेन्सले सिंगो कर्णालीमा सुविधा दिने उनले बताए ।
कर्णालीका जनताको दुःख सुखमा साथ दिनको लागि आफ्नो पहलमा एम्वुलेन्स वितरण गर्न सम्भव भएको भन्दै शाहीले यस्ता कार्यक्रमहरु अझै जारी राख्ने प्रतिवद्धता जनाए ।
शर्मा र शाहीको पहलमा एम्बुलेन्स पाएपछि कालिकोटकाका जनता उत्साहित भएका छन् । उनीहरुलाई कालिकोटमा भव्य स्वागत गरिएको थियो ।