शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बुुहारीसँग अनैतिक सम्बन्ध राखेको भन्दै छोराले गरे बाबुुको हत्या !

आइतबार, ११ फागुन २०७६, १८ : ५७
आइतबार, ११ फागुन २०७६

रौतहट । रौतहटमा बुुहारीसँग अनैतिक सम्बन्ध राखेको आशंकामा छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको दुुर्गाभगवती गाँउपालिका वडा ३ का राजकुमार पण्डित कुम्हारले आफनै बावु ७० वर्षीय फेँकन पण्डितको गत माघ २८ गते बिहान ३ः३० बजे बिभत्स हत्या गरेका हुन् ।  प्रहरीले आज एक पत्रकार सम्मेलनको आयोजना गरी सो घटना सार्वजनिक गरेको छ ।

दुर्गाभगवती ३ देवीपर्सा गाँउछेउमा रहेको गोठमा सुतिरहेको बाबुमाथि धारिलो हतियार (हतौडा) प्रहार गरी राजकुमारल बावुको बिभत्स हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अभियुक्त पण्डितमाथि ज्यान सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थमाई थप अनुसन्धान सुरु गरिएको प्रवक्ता कार्कीले जानकारी दिए ।  आफुले आवेशमा आएर सो घटना घटाएएको राजकुमारले स्वीकार गरेका छन् । पिपरा बजारमा किराना पसल व्यापार गरेर बसेका २० वर्षीय छोरा राजकुमारले बाबु र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशंकामा हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कार्कीले जानकारी दिए । घटनाबार थप तथ्य अनुसंधानबाट खुल्दै जाने उनले जानकारी दिए । 

कसरी भयो घटना ? 
गत माघ २७ गते राती खाना खाएर फेँकन पण्डित दुर्गाभगवती गाँउपालिका ३ दुबीपर्सा गाँउछेउकै आफनो गोठमा एक्लै सुतिरहेका थिए । छोरा राजकुमार देवीपर्सा गाँउमा रहेको घरमा खाना खाएर सुतेका थिए । बिहान ३ बजे घरबाट बाहिरिएका राजकुमार हथौडासहित गोठमा पुगेर बाबुमाथि आक्रमण गरेका थिए ।

गोठमा एक्लै सुतिरहेका बाबुको टाउको र अनुहारमा पटक–पटक प्रहार गरेका उनले पछि गोठमै राखिएको घाँस काटने धारिलो हतियारले समेत बावुको अनुहारमा प्रहार गरेका थिए । लगातार गरिएको आक्रमणका कारण बाबु फेँकनको मृत्यु भएको प्रहरीको दाबी छ । घटना भएलगतै जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिराज खडकाको नेतृत्वमा कुकुरसहित घटनास्थलमा पुगेको प्रहरी टोलीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी निरिक्षक नविनकुमार सिंहको नेतृत्वमा ५ सदसीय टोली समेत गठन गरिएको प्रहरीले जानकारी दिएको छ । घटनामा राजकुमारको संलग्नता देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप