शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी र एसएसबीबीच ५ बुँदे सहमति

आइतबार, ११ फागुन २०७६, १८ : १९
आइतबार, ११ फागुन २०७६

रौतहट । रौतहटस्थित सशस्त्र प्रहरी र भारतीय सशस्त्र सीमा बलबीच ५ बुँदे सहमति भएको छ । भारतको बैरगनियामा आईतबार भएको दुईपक्षीय बैठकमा उक्त सहमति भएको हो । दुईपक्षीय बैठकमा सिमावर्ती क्षेत्रमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती गर्ने, दशगज्जा क्षेत्रको सफाई अभियानलाई निरन्तरता दिने, सीमा क्षेत्रमा अपराधिक गतिविधि न्युनीकरण गर्न सूचना आदानप्रदान गर्ने सहमति भएको छ  । त्यस्तै सीमाक्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रण गर्ने, भूमिगत सशस्त्र समूहको गतिविधिमा निगरानी गर्ने सहमति भएको छ ।

उक्त बैठकको नेतृत्व सशस्त्र प्रहरी बल ११ नम्बर हेडक्वाटर गौरका प्रमुख एसपी रविनराज कर्णजित र बैरगनियाका भारतीय सिमासुरक्षा बलका २० नम्बर बटालियनका कमाण्डेन्ट तपनकुमार दासले गरेका थिए ।
रौतहटस्थित सशस्त्र प्रहरीबल र बैरगनियास्थित एसएसबीको दुईपक्षीय प्रयासबाट यसअघि रौतहटसंग जोडिएको ३२ किलोमिटर सिमाना तथा दशगज्जामा अतिक्रमण गरी दुबैतर्फका स्थानीयले निर्माण गरेका घर, टहरा, गोठ र दशगज्जामा भारतीय पक्षले राखेको विद्युतको पोल समेत हटाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप