मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सिप्यान वर्ष खेलाडी अवार्ड चैतमा (भिडियो सहित)

आइतबार, ११ फागुन २०७६, १६ : ३३
आइतबार, ११ फागुन २०७६

काठमाडौं ।  क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले ‘एनसीसीएस सिप्यान क्रिकेट अवार्ड’ चैत २१ गते आयोजना गर्ने भएको छ । सिप्यानले आइतबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको अवार्ड कार्यक्रम चैत २१ गते प्रदान गरिने जानकारी दिएको हो । यसपटक पनि विभिन्न पाँच विधामा अवार्ड प्रदान गर्न लागेको महासचिव पारस खड्काले जानकारी दिए ।

सिप्यानले वर्ष क्रिकेट खेलाडी पुरुष र महिला, वर्ष उदयीमान खेलाडी, वर्षको उत्कृष्ट क्षण अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गर्नेछ । वर्ष क्रिकेट खेलाडी पुरुष र महिलाले अवार्डसँगै एक लाख ३२ हजार रुपैयाँ र अन्य विधाका विजेतालाई जनही ६६ हजार रुपैयाँ प्रदान गर्नेछ ।

अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति तय गरिने सिप्यानका अध्यक्ष मनिषराज पाण्डेले बताए । सिप्यानले एक जना पाका खेलाडीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्नेछ । सिप्यानले बर्ष २०७५ मा खेलाडीको प्रदर्शनका आधारमा अवार्ड प्रदान गर्ने पनि जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप