शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टर्कीमा आएको भूकम्पमा परी ७ जनाको मृत्यु (अपडेट)

आइतबार, ११ फागुन २०७६, १६ : ११
आइतबार, ११ फागुन २०७६

एजेन्सी । टर्कीमा आएको भूकम्पमा परी आइतबार कम्तीमा सात जनाको मृत्यु भएको छ । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमन सोयलुले दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये तीनजना बालबालिका रहेका छन् । भूकम्पका कारण अरु पाँच जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि उनले बताए । 

उनले भूकम्पपछि भत्किएका भौतीक संरचनामा अरु केही व्यक्ति पुरिएको हुनसक्ने आशंका गरिएको पनि जानकारी दिए । पुरिएकाको खोजीकार्य भइरहेको पनि उनले बताए ।     छिमेकी मुलुक इरानसँग सिमाना जोडिएको टर्कीको पूर्वीक्षेत्रमा पर्ने सराएलाई केन्द्रविन्दु बनाएर ५.७ म्याग्नीच्युडको भूकम्प गएको हो । अमेरिकी भौगर्भिक सर्भेले आइतबार बिहान भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराइमा गएको थियो । Photo: aljazeera/Getty Images

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप