प्रधानमन्त्री ओली जन्मघरमा
पाँचथर । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुगेका छन् । उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गरेका थिए ।
प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको छ । प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत रहेका छन् ।
प्रधानमन्त्रीले आजै सुकेपोखरी–भदौरै सडकको शिलान्यास गरे । त्यस्तै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उनले उद्घाटन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री