बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब डोनाल्ड ट्रम्पले आफूलाई ‘बाहुबली’का रुपमा प्रस्तुत गरे

आइतबार, ११ फागुन २०७६, १५ : १६
आइतबार, ११ फागुन २०७६

एजेन्सी । भारत भ्रमणमा निस्किनु अघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू भारतका आफ्ना मित्रसँगको भेटघाटका आशामा रहेको बताएका छन् । 

तर कुरा त्यति मात्रै थिएन । उनले यो कुरा ट्वीटमार्फत भने र साथमा एउटा भिडियो रिट्वीट गरे जसमा उनले आफूलाई ‘बाहुबली’को रुपमा पेश गरेका थिए । 

ट्रम्पको ट्वीटपछि ट्वीटरमा भिडियोप्रति हंगामा भएको छ । 

ट्वीट भएको २४ घण्टाभित्र १८ लाखभन्दा बढी मानिसले भिडियो हेरिसकेका छन् । 

के छ भिडियोमा ?

ट्रम्पले शेयर गरेको भिडियो ‘फोटोसप’ गरिएको हो र त्यसमा सुपरहिरो फिल्म ‘बाहुबली’का केही सट्समा अमरेन्द्र बाहुबलीको अनुहारमाथि ट्रम्पको अनुहार लगाइएको छ । 

त्यसपछि भिडियोमा अभिनेता प्रभाशले गरेको कर्तव ट्रम्पले गरिरहेको देख्न सकिन्छ । 

भिडियो क्लिपमा राष्ट्रपति ट्रम्पका अतिरिक्त उनकी श्रीमती मेलनिया ट्रम्प र छोरी इभान्का ट्रम्पका अनुहार बाहुवली फिल्मका अन्य पात्रको अनुहारमा इम्पोज गरिएको छ ।  

केही दिन पहिले राष्ट्रपति ट्रम्पले ‘शुभ मंगल ज्यादा सावधान’ फिल्मको प्रशंसा गर्दै एक ट्वीट शेयर गरेका थिए । 

फिल्ममा अभिनेता आयुष्मान खुरानाले एक समलिंगी व्यक्तिको भूमिका निभाएका छन् । 

फेब्रुअरी २४–२५ को दुई दिने भारत भ्रमणको क्रममा ट्रम्पसँग उनका परिवारका अन्य सदस्य श्रीमती मेलनिया ट्रम्प, छोरी इभान्का ट्रम्प र ज्वाई जेर्ड कुस्नर पनि आउदैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप