शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सरकार परिवर्तनबारे सोचेको पनि छैन’

आइतबार, ११ फागुन २०७६, १४ : ५३
आइतबार, ११ फागुन २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएको बताएका छन् । 

आइतबार जनकपुरमा सञ्चारकर्मीहरुको प्रश्नमा अध्यक्ष प्रचण्डले आफूहरुले अहिले सरकार परिवर्तनबारे नसोचेको बरु केही मानिस र मिडियाहरुले गलत प्रचार गरेको बताए । ‘त्यो कुरा अहिले कुनै एजेण्डा पनि होइन, कसैले सोचेको पनि छैन’, प्रचण्डको भनाइ छ । 

प्रधानमन्त्री ओलीले आफ्नो पदमा बस्ने इच्छा नभएको बताउनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘उहाँले कुन सन्दर्भमा भन्नुभयो तर पटक पटक नै म सधैका लागि बस्ने होइन त भनिरहनुभएको छ । 

त्यस क्रममा प्रचण्डले प्रदेश २ को सरकार परिवर्तनका सन्दर्भमा विभिन्न पार्टीहरुसँग छलफल जारी रहेको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप