शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीराजमार्गमा यात्रुवाहक बस दुर्घटना

आइतबार, ११ फागुन २०७६, १२ : ३७
आइतबार, ११ फागुन २०७६

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा २० यात्रु घाइते भएका छन् ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख २०६ नं को बस र विपरित दिशाबाट आउँदै गरेको ना ५ ख २८५६ नं को बस एकापसमा ठक्कर खाँदा दुवै बसमा सवार २० यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइतेमध्ये तीन जनालाई भरतपुरस्थित चितवन मेडिकल कलेज र एक जनालाई थप उपचारको लागि पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

अन्य घाइतेको दमौलीस्थित रत्नहरि र एपोलो अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको ना ५ ख २८५६ नं को बसले गलत दिशामा आएर अर्को बसलाई ठक्कर दिएको थियो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको सडक अहिले सुचारु छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप