डर्टमन्डमा हालान्डको सनसनी
नर्वेका युवा स्टार अर्लिङ हालान्डले सनसनीपूर्ण प्रदर्शन गरेपछि बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगा फुटबलमा जितको लय कायम राखेको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले वेर्डर ब्रेमेनलाई उसकै मैदानमा २–० गोलले हरायो । डर्टमन्डको जितमा हालान्ड र डान एक्सेल जागाडोउले गोल गरे । डर्टमन्डले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
५२औँ मिनेटमा डान एक्सेल जागाडोउले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । डानले जाडोन सान्चोको पासमा गोल गरेका थिए । ६६औं मिनेटमा हालान्डले अचराफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाएका थिए ।
आरबी साल्जबर्गबाट यसै विन्टरमा डर्टमन्ड पुगेका १९ बर्षीय हालान्डले आफ्नो उच्च प्रदर्शनलाई जारी राखेका छन् । उनले बुन्डेस लिगामा मात्र ६ खेलमा नौ गोल गरिसकेका छन् । जितसँगै २३ खेलबाट ४५ अंक बनाएको डर्टमन्ड तेस्रो स्थानमा छ । डर्टमन्डसँग हारेको वेर्डर ब्रेमेन १७ अंक सहित रेलिगेसनमै छ ।
दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४८ अंक छ । शनिबार राति भएको खेलमा लेइपजिगले साल्केलाई ५–० गोलले हरायो । लेइपजिगको जितमा मार्सेल सवित्जर, टिमो वेर्नर, मार्सेल हल्सटनेवर्ग, एम्गेलिनो र इमिल फोर्सबर्गले गोल गरे । जितसँगै लेइपजिगले शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दुरी एक अंकमा झारेको छ । बायर्नको ४९ अंक छ । लेइपजिगसँग हारेको साल्के ३६ अंक सहित छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय कानुनले पूर्णता नपाउँदा सङ्घीयताको अनुभूति भएन : प्रकाशमान सिंह
-
सरकारलाई आजपाको सचेतनापत्र, माग पूरा नभए वैशाख २० देखि भन्सार घेराउ
-
लोकसभा निर्वाचन : अमेठीबाट राहुल र रायबरेलीबाट प्रियंका चुनाव लड्ने
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज