सोनभद्रमा ३ हजार टन होइन, १६० किलो सुन मात्र !
जियोलोजिकल सर्वे अफ इन्डिया (जीएसआई) ले शनिबार सोनभद्र पहाडमा ३ हजार टन सुन नभएर १६० किलो सुन मात्र भएको बताएको छ । जीएसआईका निर्देशक डा. जीएस तिवारीले सोनभद्रको खानीमा ३ हजार टन सुन भएको कुरा सत्य नभएको बताएका हुन् ।
सोनभद्रमा शुद्ध सुन नभएर ५२ हजार ८०६.२५ टन सुनको खनिज पदार्थ रहेको आफूहरुले बताएको तिवारीले दाबी गरेका छन् । त्यहाँ भेटिएको सुनको खनिज पदार्थबाट प्रतिटन मात्र ३.०३ ग्राम मात्र सुन निकाल्न सकिनेछ । यसरी खानीबाट १६० किलो सुन मात्र निस्कनेछ ।
तिवारीले भने, ‘सोनभद्रमा सुनको खोजी जारी छ । यसको सर्वेक्षण अहिले पनि भइरहेको छ । त्यहाँ थप सुन भेटिने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन । तर, अहिले लाई सुनको खनिज पदार्थमात्र भेटिएको हो ।’
अधिकारीहरुले सोनभद्र जिल्लाको सोन र हरदी पहाडमा सुन भेटिएको पुष्टि गरेका थिए । यस क्षेत्रमा एन्डालुसाइट, पोटासलगायत खनिज पनि भएको चर्चा हुने गरेको छ । त्यस क्षेत्रमा विगत १५ दिनदेखि हेलिकप्टरबाट सर्वेक्षण भइरहेको छ । हवाई सर्वेक्षणबाट युरेनियमको पनि खोजी हुँदैछ ।
भारतमा सबैभन्दा बढी सुन कर्नाटनको हुत्ती खानीबाट निस्कन्छ । त्यस्तै, आन्ध्रप्रदेश दोस्रो ठूलो सुन उत्पादक राज्य हो । त्यस्तै, झारखन्ड, केरल र मध्यप्रदेशमा पनि सुनको खानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ