बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीको चार गोलमा बार्सा शीर्ष स्थानमा, रियल पराजित

आइतबार, ११ फागुन २०७६, ०७ : ५१
आइतबार, ११ फागुन २०७६

एजेन्सी । कप्तान लियोनेल मेस्सीको चार गोलको मद्दतले बार्सिलोनाले रेलिगेसनबाट बच्न संघर्षरत ईबारलाई ५–० को विशाल अन्तरले हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा कब्जा जमाउन सफल भएको छ । अर्को खेलमा चिर प्रतिद्वन्द्वी रियल म्याड्रिड पराजित भएपछि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

मेस्सीले खेलको १४, ३७, ४० र ८७ औँ मिनेटमा गोल गरेका थिए । बार्सिलोनाका लागि अर्को गोल आर्थरले गरे । मेस्सी यो सिजन ला लिगामा १७ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका छन् । २५ खेलबाट बार्सिलोनाको ५५ अंक रहेको छ भने रियल ५३ अंकमा रोकिएको छ ।

शनिबार भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको रियल लेभान्तेसँग १–० ले स्तब्ध बन्यो । अक्टोबरपछि रियल पराजित भएको यो पहिलो पटक हो । खेलको ७९ औँ मिनेटमा होजे लुइस मोरालेसले गरेको गोल नै निर्णाय बन्न पुग्यो ।

रियलका लागि दोस्रो हाफमा एजिन हजार्डले सुन्दर अवसर खेर फालेका थिए । खेलको ६७ औँ मिनेटमा उनी घाइते बन्दै मैदान छाडन् बाध्य बनेका थिए ।

रियलले बुधबार च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीको सामना गर्नेछ भने आइतबार आफ्नो घरेलु मैदानमा बार्सिलोनाको आतिथ्य गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप