बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ
आइतबार, ११ फागुन २०७६, ०६ : ४६
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् ।
एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’
तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्न नपर्ने भन्दै अडान लिएका थिए । पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानबिन गर्नुपर्ने भनाइमा जोड दिएपछि उनले बाँस्कोटाको बचाउ गर्दै भने, ‘बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने हुँदा पार्टीले छुट्टै छानबिन गर्नुपर्दैेन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...
-
प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
-
डढेलोले खोटाङमा तेह्र घर खरानी
-
‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ले देखाए ट्यालेन्ट