शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफ्रिकामा कोरोना भाइरस प्रतिरोधको तयारी नभएपछि...

शनिबार, १० फागुन २०७६, २२ : १८
शनिबार, १० फागुन २०७६

कोरोना भाइरसको सङ्क्रमणको प्रतिरोधका लागि तयारी नभएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार चासो व्यक्त गरेको छ ।

संगठन प्रमुख टेड्रोस अधानम गेब्रेयससले अफ्रिकी संघका सदस्य राष्ट्रहरूलाई कोभिड–१९ भनिने भाइरसको सङ्क्रमणसँग आक्रामक प्रतिरोधका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् । यद्यपि अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणको पुष्टि अफ्रिकी मुलुकमा इजिप्टबाहेक अन्यत्र आएको छैन । तर“कमजोर स्वास्थ्य प्रणाली रहेका मुलुकहरूमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण र त्यसको रोकथाम र नियन्त्रणका लागि हाम्रो चासो बढेको छ,” टेड्रसले जेनेभामा एक भिडियोमार्फत अफ्रिकी संघका स्वास्थ्य मन्त्रीहरूको भेलालाई गरेको सम्बोधनमा भनेका छन् । 

डिसेम्बरमा चीनबाट शुरू भएको कोभिड–१९ले अहिलेसम्म दुई हजार २०० भन्दा बढी चिनियाँको ज्यान लिएको छ भने ७५ हजार ५०० व्यक्तिमा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहिर पनि इरान, फिलिपिन्स, दक्षिण कोरिया, जापानमा रोगको सङ्क्रमण फैलिने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनबाहिर अहिलेसम्म करिब एक हजार १५० व्यक्तिमा भाइरसको सङ्क्रमण पुष्टि भैसकेको छ । 

डब्ल्यूएचओका अनुसार अफ्रिकी क्षेत्रमा २०० भन्दा बढी संदिग्ध घटनाहरू देखिएका र यसमा अधिकांश अफ्रिकी देशहरूका नागरिक रहेको संगठनका क्षेत्रीय निर्देशक मत्शिदिसो रेबेका मोतीले शनिबार बताएका छन् । उनले सङ्क्रमणको आशङ्का गरिएका ती व्यक्तिमा अहिलेसम्म भाइरसको पुष्टि भने भएको छैन ।

तर यदि कोभिड–१९ जब अफ्रिकी महाद्वीपमा फैलिन थाल्छ तब अफ्रिकी स्वास्थ्य प्रणालीलाई पीडित बिरामीहरूको उपचार गर्न जटिल हुने बताइएको छ । 

अफ्रिकी आयोगका अध्यक्ष मौसा फकी महामतले अधिकारीहरूलाई रोकथाम, र नियन्त्रणका कडा उपाय अवलम्बन गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप