चेल्सीसँग हार्यो टोट्टनहाम
इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोट्टनहामलाई पराजित गरेको छ । घरेलु मैदानमा शनिबार साँझ भएको खेलमा चेल्सीले टोट्टनहामलाई २–१ गोलले हरायो । यस जितले चेल्सीको च्याम्पियन्स लिग छनोटको दौडमा राहत मिलेको छ । हारले टोट्टनहामलाई केही घाटा लागेको छ ।
प्रतिस्पर्धात्मक खेलमा चेल्सीको जितमा ओलिभर गिरोड र मार्कुस अलन्सोले गोल गरे । टोट्टनहामले आत्मघाती गोल उपहार पाएको थियो । १५औं मिनेटमा ओलिभर गिरोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । चेल्सीले दोस्रो हाफको सुरुवातमै दोस्रो गोल थपेको थियो । ४८औं मिनेटमा मार्कुस अलन्सोले रोस बार्कलीको पासमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
त्यसपछि ८९औं मिनेटमा चेल्सीका एन्टोनियो रुडिगरको प्रहार आत्मघाती गोल भएपछि टोट्टनहामलाई सान्त्वना गोल मिलेको थियो । खेलमा लगातार गोलको अवसर बनाएको चेल्सी जितसँगै चौथो स्थानमा छ । चेल्सीले २७ खेलबाट ४४ अंक बनाएको छ । पाँचौं स्थानमा रहेको टोट्टनहामको ४० अंक छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ७६ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी