शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोकुल बाँस्कोटामाथि अख्तियार र सीआईबीले छानबिन गर्ने

शनिबार, १० फागुन २०७६, २० : ४४
शनिबार, १० फागुन २०७६

काठमाडौं । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ । 

शनिबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाको सम्बन्धमा छानविन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले  जानकारी दिए । 

‘बाँस्कोटाका विषयमा सरकारी निकायले छानबिन गर्छ’, उनले भने, ‘छानबिन गर्ने निकाय केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग छन् ।’  

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका बाँस्कोटाको राजीनामा बिहीबार नै स्वीकृत भएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसीका विषयमा अर्को बैठककमा छलफलपछि निर्णय गर्ने भएको छ । शनिबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गरेपनि सामान्य छलफल मात्रै भएको नेताहरुले बताएका छन् ।

शनिबारको बैठकमा प्रतिवेदनमाथि सामान्य छलफल भएको र अर्को बैठकमा पुनः छलफलपछि निर्णयमा पुग्ने उनले बताए । नेकपाभित्र विवादित बनेको एमसीसी अध्ययनका लागि नेकपाले बनाएको एमसीसी कार्यदलले गत शुक्रबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । खनाल नेतृत्वको कार्यदलले एमसीसी सम्झौता सच्चाएरमात्रै स्वीकार गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप