बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सातवटै प्रदेशको अगुवाइ गरेको छ : मुख्यमन्त्री पोखरेल

शनिबार, १० फागुन २०७६, २० : २०
शनिबार, १० फागुन २०७६

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ ले सातवटै प्रदेशको अगुवाइ गरेको बताएका छन् । दाङको बेलझुण्डीमा  प्रदेश नं ५ सरकारको आयोजनामा  आजदेखि शुरु भएको प्रदेश एक्स्पो उद्घाटन गदै उनले   भने, “योजना अनुरुप बजेट तर्जुमाको अभ्यास हामीले मात्रै गरेका छौँ ।”

 प्रदेश नं ५ लाई मिनी नेपालका रुपमा लिइएको भन्दै उनले प्रदेशको विकासले नै समग्र मुलुकको विकासमा फड्को मार्ने  पनि बताए । 

मुख्य मन्त्री पोखरेलले प्रदेश सरकार गठन भएको दुई वर्षमा सातवटै प्रदेशभन्दा उत्कृष्ट काम गरेको बताए । साथै प्रदेश नं ५ का सबै स्थानीय तहले अन्य प्रदेशको स्थानीय तहभन्दा उत्कृष्ट काम गरेको उनको भनाइ थियो । 

उनले प्रदेश नं ५ को हालको अवस्था, आगामी दिनमा गर्नुपर्ने काम, प्रदेशको कला संस्कृति संरक्षणमा पनि एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ मा ४८ वटा कानून निर्माण भइसकेको जानकारी दिँदै प्रदेश सरकारले कानूनी राज्यलाई स्थापीत गर्ने काम गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप