समृद्ध मुलुक बनाउन हरेक नागरिक शिक्षित हुनुपर्छ ; नेता भण्डारी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले समृद्ध मुलुक निर्माणका लागि हरेक नागरिक शिक्षित हुनुपर्नेमा जोड दिएका छन् । तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै नेता भण्डारीले नेपालका धेरैजसो सामुदायिक विद्यालयको अवस्था दयनीय रहेकाले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सामूहिक अठोट र प्रयास आवश्यक रहेको बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सरोकारवाला लाग्नुपर्नेमा भण्डारीले जोड दिए । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न नगरपालिकाले प्रयास थालेको बताए ।
नगरप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन बस सेवा सञ्चालन गर्न लागिएको बताए । सो अवसरमा प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ