शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाँस्कोटाको अडियो प्रकरणमा सरकारले छानबिन गर्छः देव गुरुङ

शनिबार, १० फागुन २०७६, १८ : ०१
शनिबार, १० फागुन २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले सेक्युरिटी प्रिन्टिङमा गोकुलप्रसाद बाँस्कोटाको अडियो प्रकरणमाथि सरकारले छानबिन गर्ने बताएका छन् । 

शनिवार काठाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी विषय जिटुजी सम्झौताबाट मात्र गर्ने भनिएपनि विना ग्लोबल टेण्डर नगरेर कुनै कम्पनीसँग सम्झौता गरेर जाने खालको देखिनु र यही बीचमा मन्त्रीको अडियो बाहिरिनुले प्रश्न उठेको बताए । 
उनले यो विषयमा संसदको सार्वजनिक लेखा समितिले छानविन गरिरहेको र त्यसको प्रतिवेदन अनुसार हुने बताए । उनले मन्त्रीले भ्रस्टाचार गरे नगरेको कानूनी छानविन गर्न सरकार दृढ भएकाले अख्तियारले छानविन गर्ने बताए । 

नेता गुरुङले पार्टीको केन्द्रीय कमिटीले गठन गरेको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको र एमसीसीका सर्तहरुमा परिमार्जन गरेर मात्र जाने सुझाव दिएकाले पार्टीले छिट्टै निर्णय गर्ने बताए । 
उनले सरकारले एमसीसीलाई निरन्तरता दिने प्रतिकृया प्रधानमन्त्री ओलीले दिएपनि पार्टीको निर्णय नै अन्तिम हुने बताए । 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द लोहनीले सामन्ती व्यवस्थामा शोषण गरिएजस्तै प्रजातन्त्रको वैधानिकता लिएर नवसामन्तवादी शोषणको अध्याय सुरु भएको बताए । उनले सेक्युरिटी प्रेसका विषयमा मन्त्रीको अडियो सार्वजनिक हुनु र मन्त्रीमात्र यसमा संलग्न हुन नसक्ने भएकाले यसको पछाडि भएका सबैमाथि छानविन हुनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप