बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छ महिनामै बच्चाको जन्म दिएकी सुत्केरी महिलाको हवाई उद्धार

शनिबार, १० फागुन २०७६, १६ : ५१
शनिबार, १० फागुन २०७६

महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माएकी थिइन् । छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो । दोस्रो सन्तानका रूपमा धामीले बच्चा पाएको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप