शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनमा चीनको ऊहानबाट फिर्ता भएका नागरिक चढेको बसहरुमाथि आक्रमण

शनिबार, १० फागुन २०७६, १२ : ५५
शनिबार, १० फागुन २०७६

एजेन्सी । युक्रेनको मध्य–क्षेत्रमा रहेको सहर नोभी स्यान्झारीका स्थानीयले चीनको ऊहानबाट उद्दार गरिएका मानिस सवार बसमा आक्रमण गरेका छन् । 

ती बसमा ४५ युक्रेनी र २७ विदेशी सवार थिए भने उनीहरुको लागि नोभी स्यान्झारी सहरमा क्वारेन्टाइन बनाइएको थियो । 

युक्रेनमा हालसम्म एक जनामा पनि कोरोनाभाइरसको संक्रमण भेटिएको छैन । तर ऊहानबाट फिर्ता गरिएका मानिसमाझ संक्रमित पनि रहेको हल्ला फैलिएपछि नोभीवासी क्रुद्ध भएका थिए । 

स्वास्थ्य मन्त्रालयको दावी गरिएको एक फेक इमेलमा उहानबाट ल्याइएका मानिसहरु संक्रमित रहेको झुटो दावी थियो ।

स्थानीयबासी र प्रशासनबीच बिहीबार दिनभरी झडपको माहोल देखिएको थियो । उद्धार गरिका व्यक्ति बोकेको बसको कन्भो हिँड्ने सडकमा मानिसले टायर बालेर विरोध गरेका थिए । 

त्यस्तै सहर पस्ने पुलमा पनि मानिसले अवरोध गरेर बसेका थिए । पछि बसहरु आएपछि पनि तीमाथि ढुंगामुढा गरिएको थियो । 

उद्धार गरेका मानिस रहेका दुई वटा बाहनका सिसा फुटेका छन् । बसको सुरक्षाको लागि सयौं दंगा प्रहरी खटाइएको थियो । 

हिंसात्मक विरोधको बावजुद ऊहानबाट फिर्ता गरिएको मानिस बोकेका सबै गाडि निर्धारित क्लिनिकमा पुगेका छन् । ती मानिसहरु त्यहाँ दुई हप्ता त्यहाँ निगरानीमा बस्छन् । 

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले प्रदर्शनकारीलाई मानिसको रुपमा अर्को मानिसप्रति करुणा प्रदर्शन गर्न आह्वान गरेका थिए । 

तर राष्ट्रपतिको आग्रहले मानिसलाई शान्त पार्न सकेन । युक्रेनी जनतामाझ आफ्ना सरकारप्रतिको विश्वसनीयता अत्यन्त कम छ । देशको कमजोर स्वास्थ्य प्रणाली र भ्रष्टाचारले राजनीतिज्ञ र राज्यप्रति अत्यन्त कम विश्वास देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप