शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : सालिक

शनिबार, १० फागुन २०७६, ११ : ४६
शनिबार, १० फागुन २०७६

-सुवास चौलागाईं 


के सालिक अस्तित्व हो ?
या इतिहासको साक्षी !
आखिरी समाजमा
किन सालिक 
ठडाइए ?
केका लागि ठडिए त सालिकहरु ?
मालिकहरुले सम्मानित गर्न ?
वा भोको पेट भर्न !
त्यही सहिदका सालिक छेउ 
बसेर बूढी आमा 
नाङ्लामा सामान राखेर 
ग्राहक पर्खिरहेको सन्नाटा देख्दा 
मेरो मनमा प्रश्न उठ्छ
के गरौँ त म 
उत्तरका लागि ?
शालिक भत्काउ या 
मालिक छप्क्याऊँ 
ती आमासँग बसेर रोउ 
या सालिकका कर्म सम्झेर 
तिनका बिराट अस्तित्व छोऊ 
आखिरी के गरौँ म ?
मसँग प्रश्नमाथि प्रश्न थपिन्छन्
चोक चोकका सालिकको खबर बुझ्न 
निस्किँदा नोट सकिन्छन् 
यस्ता कुरा सुनाउँदा
साथी भाइ, दिदी बहिनी
इस्टमित्र गम्किन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप