बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतीय गृहमन्त्री अमित शाहको अरुणाचल प्रदेश भ्रमणको चीनले किन विरोध जनायो ?

शनिबार, १० फागुन २०७६, ११ : १४
शनिबार, १० फागुन २०७६

एजेन्सी : भारतका गृहमन्त्री अमित शाह विहिबार अरुणाचल प्रदेशको भ्रमणमा गएका थिए । अरुणाचल प्रदेशले पूर्ण राज्यको हैसियत पाएको वार्षिकोत्सवमा विशेष कार्यक्रम आयोजना भएको थियो । शाह सोही कार्यक्रममा सहभागी हुन गएका थिए । 

तर चीनले शाहको उक्त भ्रमणको विरोध जनायो । अरुणाचल प्रदेशमाथि चीनले पनि दावी गर्दै आएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बतको हिस्सा दावी गर्नेगर्छ । 
बेइजिङले अमित शाहको अरुणाचल प्रदेशको भ्रमणले बेइजिङको ‘भौगोलिक सार्वभौमिकता र साझा राजनीतिक विश्वासमाथि आघात पु¥याएको’ भनेको छ । 

शाहले अरुणाचलको राज्य गठनको ३४ औं वर्षगाँठ कार्यक्रममा सहभागी हुन अरुणाचल प्रदेशमा गएका हुन् । त्यहाँ उनले राज्यको विकास निर्माणसम्बन्धी कयौं परियोजना घोषणा गरे । 

३४ वर्ष अघि फेब्रुअरी २० मा अरुणाचल प्रदेश युनियन टेरिटोरीबाट पूर्ण राज्यको दर्जा दिइएको थियो । 

चीनले भारतीय नेताको अरुणाचल प्रदेश भ्रमणलाई सधैं विरोध जनाउदैं आएको छ ।  
उता भारतका विदेश मन्त्रालयका प्रवक्ताले चीनको प्रतिक्रियाको जवाफमा ‘अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको’ बताए । 

‘भारतीय नेताहरु जसरी भारतका अन्य राज्यको भ्रमण गर्छन् त्यसरी नै अरुणाचल प्रदेशको पनि समय समयमा भ्रमण गर्ने गर्छन् । भारतीय नेताका यी भ्रमणको विरोध भारत र भारतीय नागरिकले बुझ्न सकेका छैनन् ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताए । 

चीन र भारतको सिमाना क्षेत्रको ३४८८ किमी क्षेत्रमा विवाद रहदैं आएको छ । अरुणाचल प्रदेशमा दुई देशको विवाद सल्टाउन दुई देशबीच २२ पटक विशेष वार्ता भइसकेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप