शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले हिन्दी फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ लाई दिए यस्तो प्रतिक्रिया

शनिबार, १० फागुन २०७६, ०९ : ३७
शनिबार, १० फागुन २०७६

एजेन्सी । अभिनेता आयुष्मान खुरानाको प्रमुख भूमिका रहेको हिन्दी फिल्म ‘शुभ मंगल बढी सावधान’ प्रदर्शनमा आइसकेको छ । दर्शकले फिल्मलाई धेरै मन पराएका छन् । 

आयुष्मान खुराना समलिङ्गी पात्रको भूमिकामा रहेका फिल्मलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटरमा प्रतिक्रिया दिएका छन् । 

ट्रम्पले आयुष्मान खुरानाको यो फिल्मलाई असाधारण बताएका छन् । तथापि उनले यो फिल्म हेरेर त्यस्तो प्रतिक्रिया दिएका भने होइनन् । उनले अर्को एर्का एक भारातीयको ट्वीटमाथि त्यस्ते प्रतिक्रिया दिएका हुन् । 

मानव अधिकारकर्मी पीटरले यो फिल्मबारे एक ट्वीट गरेका छन् । पिटरले ट्वीटमा लेखेका छन् ,‘ भारतः समलिङ्गी रोमान्स प्रस्तुत गरेको एक नयाँ बलिउड फिल्मले दर्शकको मन जित्ने आशा गरिएको छ । भारतमा भर्खरै समलिङ्गी सम्बन्धलाई डिक्रिमिनलाइज गरेपछि यो फिल्म आएको छ ।’

यो फिल्म आयुष्मान खुराना पहिलो पटक समलिङ्गी पात्रको भूमिकामा देखिनेछ । फिल्ममा खुरानाको पार्टनरको भूमिका जीतेन्द्र कुमारले निभाएका छन् । 

फिल्मको निर्देशन हितेश केवलियो गरेका छन् र फिल्मको कथा पनि उनले नै लेखेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप