शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बायर्नको रोमाञ्चक जित

शनिबार, १० फागुन २०७६, ०९ : ०५
शनिबार, १० फागुन २०७६

रोबर्ट लेवान्डोस्की चम्किएपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा पाडेरबोर्नमाथि रोमाञ्चक जित निकालेको छ । 

घरेलु मैदानमा सुक्रबार राति भएको खेलमा बायर्नले पाडेरबोर्नलाई ३–२ गोलले हरायो । बायर्नको जितका २५औं मिनेटमा सर्ज गेनाबरीले खाता खोलेका थिए । ४४औं मिनेटमा पाडेरबोर्नका डेनिस श्रीबेनले गोल गर्दै खेललाई बराबरीमा ल्याए । 

लेवान्डोस्कीले ७०औं मिनेटमा गोल गर्दै बायर्नलाई पुनः अग्रता दिलाए । ७५औं मिनेटमा पाडेरबोर्नका स्टेभन मिशेलले गोल गर्दै खेल बराबरीतर्फ धकेले । त्यसपछि ८८औं मिनेटमा लेवान्डोस्कीले ब्यक्तिगत दोस्रो तथा निर्णायक गोल गर्दै बायर्नलाई जित दिलाए । 

जितसँगै शीर्ष स्थानमा रहेको बायर्नले २३ खेलबाट ४९ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको ४५ अंक छ  लेइपजिगले एक खेल कम खेलेको छ । बायर्नसँग हारेको पाडेरबोर्न १६ अंक सहित अन्तिममा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप