शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन अन्तिमदेखि इम्बोस्ड नम्बर खुला

शनिबार, १० फागुन २०७६, ०६ : ४०
शनिबार, १० फागुन २०७६

यातायात व्यवस्था विभागले फागुन अन्तिमबाट इम्बोस्ड नम्बरको आवेदन खुला गर्ने भएको छ । 

अन्तिम तयारी भएको र फागुन अन्तिमसम्म अनलाइन आवेदन खुला गरेर काम सुरु गर्ने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

सवारीसाधनको सम्पूर्ण विवरण डिजिटल प्रणालीमार्फत हेर्न मिल्ने गरी दुई वर्षअघि इम्बोस्ड नम्बर प्लेटको वितरण गरिएको थियो । 

२०७४ भदौ ५ गतेबाट औपचारिक रूपमा इम्बोस्ड नम्बर प्लेट वितरण भएको थियो तर सर्वोच्च अदालतले ०७४ फागुन १० गते सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि वितरण रोकिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप