शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

शुक्रबार, ०९ फागुन २०७६, १९ : २६
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । भक्तपुर, पर्सा, मकवानपुर, दोलखा र कास्कीका विभिन्न भागमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ की २६ वर्षीया शान्ति गौतम र वीरगञ्ज महानगरपालिका–२१ का ३० वर्षीय अनिल यादव ट्रक दुर्घटनामा मारिएका केन्द्रीय प्रहरी समाचार कक्षले आज जनाएको छ । 

उक्त कक्षबाट प्राप्त समाचारअनुसार बिहीबार र शुक्रबारका सवारी दुर्घटनामा  मकवानपुरको थाहानगरपालिका–६ का ६६ वर्षीय मुक्तिनाथ विडारीको मोटरसाइकल दुर्घटनामा, दोलखा–कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीमा बसले ठक्कर दिँदा १० वर्षीय पुजन थामी र पोखरा महानगरपालिका–११ फूलबारी सडकमा स्कुटल दुर्घटना हुँदा भोजपुरका ३० वर्षीय काइँला राईको मृत्यु भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप