शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासको कदर र वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्छ: प्रधानमन्त्री ओली

शुक्रबार, ०९ फागुन २०७६, १८ : २४
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको कदर र वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्ने बताएका छन् । चौथो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न दहचोक पुगेका प्रधानमन्त्री ओलीले पूर्खाहरुको योगदानको कदर गर्नुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले पुर्खाहरुका कामलाई प्रेरणाका रुपमा लिइ देश र राष्ट्रिय एकताप्रति इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्नुपर्ने समेत बताए ।

दहचोक पुगेर ओलीले एकिकृत नेपालको पहिलो सेनापति काजी कालु पाँडेप्रति श्रद्धासुमन समेत व्यक्त गरेका छन् । उनले पाण्डेको समाधिस्थल रहेको पूर्णकदको शालिकमा माल्यार्पण समेत गरेका छन् । पहिलोपटक ४ वर्षअघि त्यहाँ पुगेको स्मरण गर्दै ओलीले आफुले पहिलोपटक आउँदा पाँडेको पूर्ण कदको शालिक बनाउने, दहचोक महोत्सव गर्ने र गढीहरुको संरक्षण गर्ने वाचा गरेकोमा अहिले पुरा हुँदै गएको बताए । विभिन्न जिल्लामा रहेका गढीहरुको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्ने समेत उनले बताए ।

आफु पहिलोपटक आउँदा सडक पुरै धुलो र डरलाग्दो रहेको उल्लेख गर्दै ओलीले चाँडै उक्त सडक कालोपत्रे हुने बताए । हिँउदमा चिसोले काम हुन नसकेकाले केही ढिला भएको उल्लेख गर्दै ओलीले अर्को वर्षको महोत्वसमा आउँदा पिच बाटोमा सरर आउने बताए । ओलीले भूकम्पबाट क्षतिग्रस्त भएर पूननिर्माण भएका दुइवटा सतलको समेत उद्घाटन गरेका छन् ।

सार्वजनिक कार्यक्रमहरुमा सधै सञ्चारमाध्यमको आलोचना गर्ने प्रधानमन्त्री ओलीले शुक्रबार दहचोकमा भने त्यो विषयमा बोलेनन् । त्यस्तै प्रधानमन्त्री ओलीले आफ्नो भाषणका क्रममा भ्रष्टाचार र सुशासनका विषयमा अधिकांश समय खर्चने गर्नुभएकोमा शुक्रबार भने त्यो विषयमा पनि बोलेनन् । प्रधानमन्त्री ओली कार्यक्रममा झण्डै १५ मिनेट बोलेका थिए । अधिकांश समय उनले कालु पाँडेको प्रशंंसा गरेका थिए । भूकम्पपछिको पूनर्निमाणका विषयमा बोलेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप