शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

छिमेकीको घरमा बिहे हेर्न गएका बालक मृत फेला

शुक्रबार, ०९ फागुन २०७६, १६ : ५९
शुक्रबार, ०९ फागुन २०७६

छिमेकीको विवाह हेर्न गएका एक बालक आज सिरहाको कल्याणपुर–३ इटारी पर्साहीमा मृत फेला परेका छन् । 

सिरहाको कल्याणपुर नगरपालिका–३ इटारीपर्साही निवासी राजकुमार मण्डलका तीन वर्षीय छोरा आयुष गाउँकै पोखरीमा मृत फेला परेका हुन् ।

छिमेकीको विवाह गए राति हेर्न गएका आयुष कतिखेर हराएको भन्ने यकिन नभए पनि आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप