केन्द्रीय संस्करण

कार्यकर्ताको दबाबले पार्टीभित्रको व्यक्तिवादी सोच मत्थर हुँदै गएको छ : प्रकाशशरण महत

person explore access_timeफागुन ९, २०७६ chat_bubble_outline0
File Photo

नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पार्टीका नेताको व्यक्तिवादी सोचलाई आम कार्यकर्ताले नकारेपछि काँग्रेसभित्र व्यक्तिवादी सोच मत्थर हुँदै गएको बताएका छन् । 

उनले व्यक्तिगत स्वतन्त्रताको परिधिलाई पार गर्दै बेलाबखत पार्टीभित्र देखिने नेताको व्यक्तिवादी चरित्रलाई आम कार्यकर्ताले नामन्जुर गरेपछि नेताहरु विस्तारै सच्चिँदै गएको बताए ।

नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले पार्टीको विचार र विधानविरुद्ध गई आफू अनुकूलको व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने नेतालाई विचार र पार्टीलाई केन्द्रविन्दुमा राख्न अघि बढ्न खबरदारी गरेपछि व्यक्ति केन्द्रित सोच मत्थर हुँदै गएको प्रष्ट पारे ।
 
उनले रु ७० करोड कमिसन प्रकरणको स्वतन्त्र र निष्पक्षरूपमा छानबिन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामाले मात्र नपुग्ने भएकाले यस कमिसन प्रकरणको तल्लो तहसम्म स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताए ।

भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नेविसङ्घका नेता÷कार्यकर्तामाथि बल प्रयोग गरी  भ्रष्टाचारलाई ढाकछोप गर्न सरकार उद्यत रहेको उनको भनाइ थियो । मुलुकमा बढदै गएको महङ्गी, अनियमिता, भ्रष्टाचारविरुद्ध आम जनतालाई जानकारी दिन चाँडै  काँग्रेस सडकमा उत्रिने नेता महतले जानकारी दिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...