बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेना दिवसः आठ पत्रकार विभूषित

शुक्रबार, ०९ फागुन २०७६, १६ : २९
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले आठ पत्रकारलाई ‘प्रधानसेनापति प्रशंसा पदक’ प्रदान गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आज आयोजित समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सञ्चारमाध्यमका नेपाली सेनाका विषयमा समाचार लेख्दै आएका पत्रकारलाई उक्त पदकबाट विभूषित गरेका हुन् ।

 विभूषित हुनेमा नारायणप्रसाद न्यौपाने (रासस), गजुरधन राई (नेपाल टेलिभिजन), परशुराम खत्री (दि राइजिङ नेपाल), दीपक रिजाल (नेपाल समाचारपत्र), दिलीप थापामगर (सरोकार टेलिभिजन), राजेश अहिराज (मधेशवाणी), परशुराम काफले (नयाँ पत्रिका) र हंशावती कुर्मी (रेडियो नेपाली सेना) रहेका छन् । समारोहमा इतिहासकार एवं प्राज्ञ दिनेशराज पन्त र इतिहासकार प्रा डा त्रिरत्न मानन्धरलगायत समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई विभिन्न विधाका सम्मानबाट विभूषित गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप