शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिवसँग शक्ति माग्छु: अनुष्का श्रेष्ठ,मिस नेपाल

शुक्रबार, ०९ फागुन २०७६, १५ : ४०
शुक्रबार, ०९ फागुन २०७६

काठमाडौं । अनुष्का श्रेष्ठ ‘मिस नेपाल २०१९’ की विजेता हुन् । केही अगाडि लन्डनमा आयोजित ‘मिस वल्र्ड’मा समेत उनले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । उक्त प्रतियोगितामा उनले आफूलाई उत्कृष्ट १२ भित्र उभ्याउँदै ‘मल्टिमिडिया’, ‘ब्युटी विथ पर्पोज’ र ‘हेड टु हेड विन’ जस्ता तीन महत्वपूर्ण उपाधि नेपाल ल्याएकी थिइन् ।

उनले प्राप्त गरेका तीन उपाधि ‘मिस वल्र्ड’ बाट नेपालले प्राप्त गरेको अहिलेसम्मको ठूलो उपलब्धि पनि हो । त्यसैले पनि होला उनी मिडियाको हिट लिस्टमा रहेकी छन् । धेरै मिस नेपाल विजेता फिल्म अभिनयमा आएका छन् । उनले भने अभिनय रुचि नभएको बताएकी थिइन् ।

धार्मिक स्वभावकी उनी नेपालमा मानिने बिभिन्न चाड पर्वमा पनि रुचि राख्दछिन् । उनको मनपर्ने चाड पर्वमध्ये शिवरात्री पनि एक हो । हरेक वर्ष घरमा आफन्तसँग शिवरात्री मनाउने गरेकी ‘मिस नेपाल २०१९’की विजेता अनुष्का श्रेष्ठलाई शिवरात्री सम्बन्धी दश प्रश्न ।

शिवरात्री कसरी मनाउदै हुनुहुन्छ ?

सानैदेखि म शिवरात्री परिवारकासाथ मनाउँदै आएकी छु । शिवारात्रीमा आगो बालेर ताप्दै मकै भटमास खान मनपर्छ । यो पटक पनि त्यस्तै गर्दैछु ।

शिवरात्रीको महिमा बारे के थाहा छ ?

शिवरात्रीको महिमाभन्दा पनि यो पर्व किन र कसरी मनाउने भन्ने विषयमा हामीलाई थाहा हुँदो रहेछ । हामी हुर्कदै जाँदा किनभने कुरोमा चासो हुनु स्वभाबिक हो । यो दिन भगवान शिवजीको भक्तिकासाथ मनाइने गरिन्छ । म हिन्दु भएकोले शिवप्रति आस्था छ । 

शिवरात्रीको बिषेश दिनमा गाजा, भाङ, घोट्टा लगायत खाने गरिन्छ । खानुभएको छ कि छैन ?

अहिलेसम्म यस्तो खाएकी छैन । खान इन्टेन्सन पनि छैन ।

व्रर्त बस्नुहुन्छ होला हैन ?

म कहिलै व्रर्त बस्दिन । जीवनमा व्रर्त  एकपटक बसेकी थिए । मलाई ग्याष्टिक हुने भएकोल भोकै व्रत बस्दिन । व्रत बस्दा खान नपाएको भोकमा भक्तिभाव भन्दापनि रिस उठेर आउँछ । त्यसैले खाएर भक्ति गर्न ठिक लाग्छ ।

शिव रात्री मनाउने तरिका कस्तो लाग्छ ?

समयअनुसार चाड पर्व मनाउने तरिका पनि परिवर्तन हुनुपर्छ । आफुले कुनैपनि पर्व मनाउदा अरुलाई असर पुर्याउनु हुँदैन भन्ने मेरो धारणा हो ।

शिवरात्रीका के कस्ता विकृति देख्नुभएको छ ?

बाटोमा पैसा उठाउने अहिलेको सबैभन्दा ठुलो विकृति हो । पहिले रमाइलो गर्ने हिसावले बाटो छेक्ने गरिन्थ्यो । अहिले भब्य पैसा उठाउने उदेश्यले बाटो छेकिन्छ । भाङ, धतुरा, गाजा खाएर हल्ला, झगडा पनि गर्दछन् । यो विकृति हो । 

शिवरात्रीमा भाङ, धतुरो, गाजा खुल्ला गनुपर्ने आवाज पनि उठेका छन् नि ?

मानिसको उपचारका लागि कतिपय अवस्थामा यसले राम्रो गरेको पनि देखिएको छ । फाइदाको लागि, कसैको हितको लागि नियम कानुनअनुसार लिमिट लिनु ठिक हो । तर, चाड पर्वको नाममा खुल्ला गर्न मिल्दैन । कतिपय अवस्थामा उपलब्ध नहुँदा पनि मानिसले बढी चासो लिने, खोज्ने र लुकीलुकी खाने गर्दा रहेछन् । केही खुल्ला गर्दा चासो घट्छ जस्तो पनि मलाई लाग्दैन । यसको बारेमा बुझाएर केही सजिलो गर्दा हुन्छ ।

शिवरात्रीको बहानामा पशुपति क्षेत्रभित्र बाबाहरुले देखाउने नाङ्गो नाच कस्तो लाग्छ ?

कुन रुपमा कसरी नाचिन्छ भनेर मैले देख्न पाएकी छैन । यो बिषयमा ज्ञान पनि छैन । धर्म र श्रद्धाअनुसार अरुलाई हानी नोक्सानी नपुग्ने गरेर गरिने जस्तो चिज पनि ठिक हुन्छ ।

शिवसँग के माग्दै हुनुहुन्छ ?

शिवजी भन्ने बितिक्कै शक्तिको प्रतिक भन्ने लाग्छ । म रुद्राक्षे पनि लगाउँछु । आफुले थालेको काम पुरा गर्न शक्तिको कामना गर्छु ।

शिवका प्रेमलिलाबाट के सिक्ने ?

अहिले हामीले स्वस्थानी लगायत बिभिन्न धार्मिक पुस्तकमा पढ्ने शिवको प्रेमलिलामा त्यसको मर्म छुटेको छ जस्तो मलाई लाग्छ । त्यो लिलाको आध्यात्मिक ज्ञान के हो ? त्यो जान्नतिर अध्ययन र खोज गर्नुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप