रातोपाटीकर्मी मिश्रा सम्मानित
शुक्रबार, ०९ फागुन २०७६, ०९ : ३९
रौतहट । रातोपाटी डटकममा प्रदेश २ का संवाददाता सञ्जय मिश्रा जिल्ला सदरमुकाम गौरस्थित एक कार्यक्रमबीच सम्मानित भएका छन् ।
राजदेवी मिडिया सेन्टर गौरद्वारा आयोजित आठौँ महिला साइकल दौड प्रतियोगिताको पुरस्कार वितरण समारोहमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दोसल्ला ओढाएर कदरपत्रबाट रातोपाटीकर्मी मिश्रालाई सम्मानित गरेका हुन् ।
समाचारको माध्यमले समाजमा पुर्याएको योगदानको कदर गर्दै नेता नेपालले मिश्रालाई सम्मानित गरेका थिए ।
मिश्रा स्थानीय कटहरिया एफएमका प्रमुख हुन् ।
रौतहटको कटहरिया नपा–५ घर भएका मिश्रा पछिल्लो दुुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील रहेका छन् ।