शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मालपोत कार्यालयमा बिचौलियाको राज, नबनेको काम बनाउन एक हजार

शुक्रबार, ०९ फागुन २०७६, ०६ : ४६
शुक्रबार, ०९ फागुन २०७६

बाँकेको नरैनापुर गाउँपालिकाका खलिल बेहना जग्गा बिक्री गर्न नेपालगन्ज मालपोत कार्यालय धाउन थालेको बिहीबार चार दिन भयो । तर उनको जग्गा अझै पनि किन्ने मानिसको नाममा रजिस्ट्रेसन पास हुन सकेको छैन ।

“कहिले कम्प्युटरमा जग्गा दर्ता छैन भन्छन्, कहिले कागज मिलेन भन्छन्, आज चार दिन भयो । काम नहुँदा साहै्र दिक्क लागेको छ”, बिहीबार मालपोत कार्यालयको हाताभित्र निराश भेटिएका बेहनाले भने ।

नेपालगन्जस्थित मालपोत कार्यालयमा कामविशेषले जाने अधिकांश सेवाग्राहीले यस्तै समस्या भोग्नु परेको छ । बिहीबार कार्यालय हाताभित्र भेटिएका धेरैजसो सेवाग्राहीले कहिले सर्भर र नेट चलेन भनेर ढिलाइ गर्ने तथा कहिले कागज अधुरो रहेको भनेर फर्काउने गरिएको बताएका छन् ।

तर बिचौलिया र लेखापढी गर्नेलाई जिम्मेवारी दिने हो भने काम अलि छिटो हुने गरेको तथा त्यसबापत तीन सयदेखि हजार रुपियाँसम्म उनलाई तिर्नु परेको नेपालगन्ज–११ का समद सिद्दिकीले बताए । उनले आफूले नामसारीका लागि दुई दिन दगुर्दा पनि नभएको काम बिचौलियालाई पाँच सय रुपियाँ तिर्दा उसले एक दिनमै गराइदिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सिराज खान र गोविन्द शर्माले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप