शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन राशिको भाग्य कस्तो छ ?

शुक्रबार, ०९ फागुन २०७६, ०६ : २०
शुक्रबार, ०९ फागुन २०७६

वि.सं.२०७६ साल फाल्गुन ०९ गते । शुक्रबार । ईश्वी सन् २०२० फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन कृष्णपक्ष । तिथि– त्रयोदशी,२७ घडी ३१ पला,बेलुकी ०५ बजेर ३९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– उत्तराषाढा,०८ घडी २३ पला,बिहान १० बजेर ०० मिनेट उप्रान्त श्रवण । योग– व्यातिपात,०३ घडी ४५ पला,बिहान ०८ बजेर ०९ मिनेट उप्रान्त वरियान । करण– वणिज,बेलुकी ०५ बजेर ३९ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मकर । 

काठमाडौंमा सूर्योदय ०६ बजेर ३८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १६ पला । महाशिवरात्रि व्रत। शिलाचह्रे पूजा। पशुपतिनाथ, हलेसी महादेवस्थानलगायत शिवालयहरूमा धार्मिक मेला।

  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानी गरी रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनाले अन्य काम गर्न सहज हुनेछ । सरकारी तथा प्रशासनि क्षेत्रमा तपार्ईँको बर्चस्व कायम रहनेछ भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरीएको लगानी बालुवामा पानि जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपार्ईँको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ  ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुनेछ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नी विच मनमुटाव सिर्जना हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाइने  तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेकोछ । जीवन साथी सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यले साथ दिने हुदा शाहसिलो काम गर्न सकिनेछ । व्यापार विस्तार गरी प्रशस्त रुपैया पैसा कमाउनेछ । नयाँ ठाउको भ्रमण गरी संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धी हरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगती भएर जानेछ । मामा तथा मावलीबाट तपार्ईँको काममा सहयोग हुनेछ ।  
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिक कार्यमा सहभागी भएतापनि उपलव्धी भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला । परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समय अनुकूल नहुनाले आमा तथा परिवारका सदस्यहरु तपार्ईँदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थीहरुले पढाइ लेखाइमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ । राजनीति तथा समाजसेवामा अलि बढी गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषी पेशा अपनाउँने हरुले मनग्गे रुपैयापैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अविस्वास बढ्ने योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । छोटो दुरिको व्यावसायिक यात्राको अधिक सम्भावना रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आट आउनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान श्रीमती विच मनमुटाव बढ्न योग रहेकोछ । पढाइ लेखाइमा प्रशस्त समय दिएपनि सोचेजस्तो नतिजा आउने छैन ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपार्ईँको लुवाई ख्वाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरी समाजमा सम्मानित हुनेयोग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवार कै सदस्यहरुबाट सहयोग नपाइने हुदा कामहरु थाती रहनेछ । व्यापारमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनीति अपनाउनुहोला । माया प्रेममा अरुकै नकारात्मक टिका टिप्पणीले मनमुटाव बढ्ने योग रहेकोछ भने पति पत्नी विच अविश्वास बढ्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला समान्य स्वास्थ्य सम्वन्धी समस्या आउनेछ । लामो दुरिको विदेश यात्राको तय हुनेछ ।


मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) तरल पदार्थ तथा पानिसँग सम्वन्धीत व्यापारमा लगानी गरी आम्दानी वढाउँन सकिनेछ । घर परिवारबाट प्रसस्त सहयोग हुने तथा बुवाको सल्लाह मान्दै अगाडी बढ्दा मनग्ने फाइदा हुनेछ । पढाइ  लेखाइमा सुधार गर्दै लान सकिनेछ तथा शिक्षा क्षेत्रसँग सम्वन्धीत कामबाट रुपैया पैसा कमाउँन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले कामहरु बन्ने हुदा मन प्रशन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउँने ग्रहयोग रहेकोछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप