शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेशसभामा काँग्रेस संसदीय दलको असन्तुष्टि

बिहीबार, ०८ फागुन २०७६, २० : ३६
बिहीबार, ०८ फागुन २०७६

सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलले प्रदेश सरकारको दुईवर्षे कार्यकाल असफल रहेको आरोप लगाएको छ । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेश सरकारको कार्यकालमा उपलब्धी हुन नसेको टिप्पणी गरे । 

बजेटको कार्यान्वयन निराशाजनक रहेको, अहिलेसम्म पारित भएका ३१ वटा विधेयकमध्ये अधिकांश अहिलेसम्म पनि कार्यान्वयनमा नआएको उल्लेख गरिएको छ ।

त्यस्तै नेता रावलले सुशासन विधेयक ल्याइए पनि भ्रष्टाचार र अनियमित काम नरोकिएको, जनतालाई मार पर्ने गरी कर तोकिएको, विपद्बाट पीडितलाई राहत दिन नसकेको र हत्या चोरी लुटपाट बलात्कार जस्ता अपराधिक घट्न बढेपनि शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्न नसकेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप