केन्द्रीय संस्करण

एनएमबिको ‘प्रोजेक्ट स्वरोजगार’मा आवेदन खुल्यो, सिराहावासीलाई निःशुल्क तालिम दिइने

person explore access_timeफागुन ८, २०७६ chat_bubble_outline0

काठमाडौं । एनएमबि बैंकको प्रोजेक्ट स्वरोजगारमा आवेदन खुलेको छ । स्वरोजगार हुन चाहने व्यक्तिहरुका लागि केन्द्रित गर्दै सञ्चालन गर्न लागेको सो परियोजनामा सिराहा जिल्लाका ५० जना व्यक्तिलाई तालिम दिनेगरी एनएमबि बैंकले उक्त आवेदन खुलाएको हो । 

एनएमबि बैंकको उक्त प्रोजेक्टमा सहभागी हुन चाहने उद्यमीहरुले फागुन २७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । सो तालिमले नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिति तथा क्षमता विकास गर्र्ने सघाउने उद्देश्य बैंकले राखेको छ ।

उद्यममा संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिने र छनौट भएका सहभागीहरुलाई ४ दिन निःशुल्क तालिम सञ्चालन गर्ने समेत बैंकले जनाएको छ ।

उक्त तालिममा सहभागी हुन चैत ८ गतेसम्म १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने, सिराहा जिल्ला निवासी हुनुपर्ने, सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने र सहभागी २०७६ चैत्र ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्ध हुनुपर्ने शर्त राखिएको छ । 

उक्त तालिम लिएपछि व्यावसायिक ज्ञान बृद्धि गरी व्यापार विकासका लागि सहयोग प्राप्त ग हुने, वित्तीय पहुँचका लागि सहजता आउने तथा बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने बैंकले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.