शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोकुल बाँस्कोटालाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका नेविसंघका नेता कार्यकतामाथि लाठीको बर्षा

महामन्त्री थपलिया गम्भीर घाइते
बिहीबार, ०८ फागुन २०७६, १९ : २०
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । ७० करोड कमिसन प्रकरणमा मुछिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा राजीनामा दिएका गोकुल बाँस्कोटालाई कानुन दायरामा ल्याउन माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेको छ ।

काठमाडौंकोस्थित प्रदर्शनी मार्गमा भएको आन्दोलनमा प्रहरीको लाठी चार्जबाट नेविसंघ अध्यक्ष राजीव ढुंगाना, महामन्त्री दीपक भट्टराई, उर्मिला थपलिया, महामन्त्री महेश्वरी कुँवर, युवराज पाण्डे विद्यार्थी नेताहरु सुरज सैजुवाल, हरि आचार्य, दिपक रिमाल, रामजी बस्नेत, सुनिल पन्त, तिलक बटला, रमित खड्का लगायतलगायत दर्जन बदी नेता कार्यकर्ता घाइते भएका छन् ।

नेबिसंघ त्रिभुवन विश्वविद्यालय समितिका इकाइ सचिव योगेन्द्र रावलका अनुसार उनीहरुको काठमाडौं मोडेल अस्पतालमा उपचार भइरहेको छ । जसमा महामन्त्री थपलिया गम्भीर घाइते भएको उनले बताए ।

आजै अपरान्ह काठमाडौँको त्रिभुवन विमानस्थलको मूल द्वारमा नेपाली विद्यार्थी संघ आवद्ध विद्यार्थीहरुले शान्तिपूर्ण रुपमा कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्दा प्रहरीको हस्तक्षेपबाट रविन्द्र रोकाय, राकेश शिवाकोटी, विपिन बुढाथोकी, विष्णुहरि खड्का, अनिल खनाल, गोपी भण्डारी, विवेक उप्रेती लगायतका विद्यार्थीहरु घाइते भएका थिए । घाइते विष्णुहरि खड्कालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको थियो ।

शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार माथि वर्तमान सरकारले ठाडो हस्तक्षेप गरेको काँग्रेसले बताएको छ । यस घटनाले सरकारको अधिनायकवादी र सर्वसत्तावादी  चरित्र उदाङ्गो बनाएको काँग्रेसले बताएको छ ।

यस घटनाको नेपाली काँग्रेसले घोर निन्दा र भत्र्सना गरेको छ  । घाइते विद्यार्थी नेताहरुको उपचारको व्यवस्था र गिरफ्तार विद्यार्थीलाई तुरुन्त रिहाई गर्न नेपाली काँग्रेस माग गरेको छ ।

नेविसंघको माउ पार्टी प्रतिपक्षी दल काँग्रेसले संघीय संसदका दुवै सदन अवरुद्ध पारेको छ । काँग्रेसले बाँस्कोटाको बर्खास्तसँगै  प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने र बाँस्कोटालाई कानुनी कारबाही गरिनुपर्ने माग गरेको छ ।

यी तीन वटा माग पूरा नभएसम्म संसद चल्न नसक्ने काँग्रेसले स्पष्ट पारेको छ ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड बढी कमिसन मागेको अडियो बाहिरिएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप