शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अवैध चल्लासहितको ट्रक प्रहरीले भन्सार बुझाए

बिहीबार, ०८ फागुन २०७६, १९ : १२
बिहीबार, ०८ फागुन २०७६

सिरहा । इलाका प्रहरी कार्यालय गोलबजारले अवैध चल्ला सहितको मिनी ट्रक भन्सार कार्यालय ठाडीमा बुझाएको छ । विशेष सुराकीको आधारमा गोलबजार नपा ४ बाट नियन्त्रणमा लिएको २ हजार अवैध चल्ला सहितको बा. २ च ३५४१ मम्वरको मिनी ट्रक भन्सार कार्यालय ठाडीमा बुझाएको हो ।

नियन्त्रणमा लिएको चल्लाको मूल्य अहिलेको बजारभाउ अनुसार १ लाख ४१ हजार १ सय २० रुपैयाँ र गाडीको मूल्य १६ लाख मूल्याङ्कन गरेको छ । चल्ला भारतीय बजारबाट ल्याएको अनुमान व्यवसायीहरुको छ ।
गाडीको चालक भने प्रहरी देखेपछि फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीका अनुसार चल्ला बोकेको गाडीमा जीजे फोल्ट्री ह्याचरी जितपुर ३ बाराको बिल रहेको थियो ।

चल्ला गोलबजारकै एक व्यवसायीको नाममा विलिङ भएको बताएको छ । विल भएपनि भेटेरीनरी प्रमाणपत्र भने खाली रहेको थियो । क्वारेन्टाइनको छाप विनाकै विल बोकेर चल्ला ल्याएको देखेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।

पछिल्लो समय चीनमा कोरोना भाईरसको देखिएपछि भारतमा कुखुराको मासुको बिक्रीमा कमी आएको छ । उखुराको बिक्रीमा कमी आएपछि भारतीय कुखुरा नेपाल भित्रिने गरेको नेपाली व्यवसायीहरुको दावी छ ।

सिरहाको विभिन्न चोरबाटो हुँदै दिनहुँ चल्ला र कुखुरा नेपाल भित्रिरहेको सीमाक्षेत्रका नेपालीहरु बताउँछन् । उनीहरुले राती १२ बजेपछि कुखुरा बोकेको गाडी नेपाल भित्रिने गरेको बताए । स्थानीय भने प्रहरीकै मिलेमत्तोमा कुखुरा भित्रिने गरेको हाकाहाकी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप