बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी प्रतिनिधिसँग अर्थमन्त्रीले भने संसदबाट एमसीसी पास गर्छौ

बिहीबार, ०८ फागुन २०७६, १९ : ०४
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकाका काँग्रेस प्रतिनिधिसँगको भेटमा संसदबाट एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका छन् । आज अर्थ मन्त्रालयमा संयुक्त राज्य अमेरिका काँग्रेसका सदस्यद्वय जर्ज होल्डिङ्ग र अमी बेरासँगको भेटमा मन्त्री खतिवडाले सो प्रतिवद्धता जनाएका हुन् ।

भेटमा अर्थमन्त्रीले एमसीसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने विश्वास लिए ।

अमेरिकी कंग्रेसका सदस्यद्वयले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालको विकासले अमेरिकाको निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुन गएको धारणा राखेका थिए ।

भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा निरन्तर रुपमा गर्दै आएको सहयोगको लागि धन्यवाद दिए । 

भेटमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराऐ । उनले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यहाँ उत्पादन भएका बस्तुको बजारका लागि समस्या नहुने बताए ।

विश्वका धेरै जनसंख्या भएका मुलुकहरु छिमेकी देश भएकोले विश्व बजारको केन्द्रविन्दुमा नेपाल भएको बताए । उनले गतबर्ष भएको लगानी सम्मेलनमा अमेरिकीका निजी क्षेत्रको उत्साजनक सहभागिता रहेकोमा धन्यवाद समेत दिए । 

अर्थमन्त्रीले संविधानले व्यवस्था गरेका मौलिक हकको कार्यान्वयन गर्दै संघीय प्रणालीमा नागरिकले प्राप्त गर्ने अधिकार र सेवालाई गुणस्तरीय, दक्ष, प्रभावकारी र प्रविधि मैत्री बनाउन काम भैरहेको उल्लेख गर्नु हुदै यसमा थप सहयोग आवश्यक भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप