शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

७० करोड कमिसन प्रकरणः मिश्रलाई साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

बिहीबार, ०८ फागुन २०७६, १९ : ०१
बिहीबार, ०८ फागुन २०७६

काठमाडौं । सार्वजनिक लेखा समितिले सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत सांसदहरु विरुद्ध भ्रामक समाचार फैलाएको आरोप लगाउँदै २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कार्वाही गर्न निर्देशन दिएको छ ।

बिहीबार समितिका सचिव रोजनाथ पाण्डेले साइबर क्राइम ब्युरोलाई पत्र लेख्दै विजय प्रकाश मिश्र र प्रकाशकिशोर उपाध्यायले सांसदहरुविरुद्ध भ्रामक समाचार फैलाएको दाबी गर्दै कार्वाही गर्न निर्देशन दिएका हुन् ।

समितिमा छलफलका क्रममा रहेको सुरक्षण मुद्रण स्थापना सम्बन्धी विचाराधीन रहेको विषयलाई अनावश्यक रुपमा सांसदहरुसँग जोडेर भ्रामक समाचार फैलाएर र चरित्र हत्या गर्ने प्रयास गरेको आरोप समेत समितिले लगाएको छ । 

मिश्र सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिद प्रकरणमा एजेन्टका रुपमा देखिएका व्यक्ति हुन् । जोसँग सञ्चारमन्त्री गोकुल बास्कोटाले कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै मन्त्री बास्कोटाले मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।  सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत मिश्रलाई विज्ञको रुपमा बोलाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप